दफा ११९
प्रतिउत्तरपत्र पेश गर्नु पर्ने

(१) परिच्छेद-८ बमोजिम प्रतिबादीलाई म्यादतामेल भएको मितिले बाटोको म्याद बाहेक एक्काईस दिनभित्र प्रतिबादीले सम्बन्धित अदालतमाप्रतिउत्तरपत्र पेश गर्नु पर्नेछ ।
(२) यस संहितामा अन्यत्र अन्यथा लेखिएकोमा बाहेक उपदफा (१)बमोजिमको अवधिभन्दा पछि पेश गर्न ल्याएको प्रतिउत्तरपत्र दर्ता हुने छैन र दर्ता भएको भए पनि त्यस्तोप्रतिउत्तरपत्रलाई अदालतले स्वीकार गर्ने छैन ।